मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

संसद्‌मा रास्वपा- संवैधानिक परिषद्‌मा बहुमत पुग्दैन भन्दैमा उपसभामुखलाई कारबाही गर्न मिल्दैन

संसद्‌मा रास्वपा- संवैधानिक परिषद्‌मा बहुमत पुग्दैन भन्दैमा उपसभामुखलाई कारबाही गर्न मिल्दैन

न्यूजस्टोरी

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सत्तारूढ दलहरूले संवैधानिक परिषद्‌मा बहुमत नपुग्ने भएपछि उपसभामुख इन्दिरा रानाविरुद्ध महाभियोग लगाउने तयारी गरेको आरोप लगाएको छ ।

मङ्गलबार बसेको प्रतिनिधिसभा बैठकमा रास्वपा प्रमुख सचेतक सन्तोष परियाले भने, “परिषद्‌मा बहुमत नपुग्ने नाममा लोकतन्त्रका लागि लडेकाहरूलाई कारबही गर्न पाइँदैन । दलहरूले नै लोकतन्त्रमाथि प्रहार गर्न पाइँदैन ।”

अगाडि उनले भने, “यो राज्य लोकतन्त्रमाथि आक्रमण गर्दैछ । उपसभामुखमाथि महाभियोग लगाउने कुरा दलहरू बसेर सल्लाह गर्ने कुरा लोकतन्त्रका लागि कहिल्यै मान्य हुँदैन । रास्वपाले एउटा मुद्दा गुमाउला, देशले एउटा सम्मानित पद गुमाउला तर, लोकतन्त्रका लागि सधैँ लडिन्छ । रास्वपा सधैँ लडिरहन्छ ।” यसअघि सोमबार साँझ बसेको सत्तारूढ गठबन्धनसम्बद्ध दलहरूको बैठकमा प्रधानमन्त्रीसमेत रहेका नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले उपसभामुख रानाविरुद्ध महाभियोग लगाउन प्रस्ताव गरेका थिए । त्यसमा दलहरूले पनि सहमति जनाएको बताइएको छ ।

यसअघि उपसभामुख रानाले पदीय मर्यादाविपरीत अमेरिकी दूतावासलाई लेखेको पत्र सार्वजनिक भएको थियो । दलहरूले त्यसको विरोध गर्दै कारबाहीको माग गरेका थिए । तर, यसबीचमा यो विषय सेलाएको थियो । तर, फेरि प्रधानमन्त्री ओलीकै चाहनामा अगाडि बढाउन लागिएको हो ।

उपसभामुख रानाले भने आफूविरुद्ध नियोजित कदम चालेको बताएकी थिइन् । उनीविरुद्ध संसद्को राज्य व्यवस्था तथा सुशासन समितिमा उजुरी परेको थियो ।