मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

रास्वपाका सभापति रवि लामिछानेलाई पोखरामा कालोझण्डा, सहकारी पीडित निस्किए सडकमा

रास्वपाका सभापति रवि लामिछानेलाई पोखरामा कालोझण्डा, सहकारी पीडित निस्किए सडकमा

न्यूजस्टोरी

पोखरा । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) का सभापति रवि लामिछाने पोखरामा जाँदा विरोध प्रदर्शन भएको छ । अरू बेलामा भव्य स्वागत हुने पोखरामा आज भने ठुलो समूहले कालो झन्डा देखाएका छन् । उनीहरु सहकारपीडितहरू हुन् ।

रवि पार्टीको प्रदेशस्तरीय कार्यक्रममा सहभागी हुने आएका हुन् । पूर्वगृहमन्त्रीसमेत रहेका लामिछानेलाई पोखराको बिरौटामा सहकारीका बचतकर्ताले कालो झन्डा देखाएपछि प्रहरीले कडा सुरक्षा दिएको छ ।रास्वपा गण्डकी प्रदेशको विस्तारित बैठक बिरौटास्थित ग्यालेक्सी ब्यांक्वेटमा चलिरहेको छ । प्रदर्शनकारीले बैठकस्थलबाहिर सहकारी ठगलाई राजनीतिक संरक्षण मिलेको भन्दै नाराबाजी गरिरहेका छन् ।

सूर्यदर्शन सहकारी ठगी प्रकरणमा गोर्खा मिडिया नेटवर्कका अध्यक्ष जीबी राईसहित सहकारीका पूर्व र वर्तमान सञ्चालक तथा कर्मचारी गरी १९ जनालाई प्रतिवादी बनाएर प्रहरीले १ अर्ब ११ करोड रुपैयाँ बिगो मागदाबीसहित २०८० असोज १८ मा कास्की जिल्ला अदालतमा मुद्दा दायर गरेको छ ।

सहकारीकै लगानीमा गोर्खा मिडिया नेटवर्कले ग्यालेक्सी टेलिभिजन चलाएको थियो । रवि लामिछाने शेयर होल्डर तथा प्रबन्ध निर्देशक थिए । यसअघि रविलाई पोखरामा खोया प्रहार भएको थियो ।