काठमाडाैं । सोमबार बेलुकादेखि अवरुद्ध काठमाडौँ–मुग्लिङ सडक खण्ड गएरातिदेखि खुलेको छ । लेदोसहितको पहिरो खस्दा झण्डै ७ घण्टा अवरुद्ध सडक गएरातिदेखि खुलेको प्रहरी प्रभाग नागढुङ्गाका प्रमुख तथा प्रहरी निरीक्षक हेमकुमार थपलियाले जानकारी दिए ।
धादिङको धुनिबेसी नगरपालिका–९ सुरुङमार्ग नजिक सडकमाथिबाट लेदोसहितको पहिरो खसेको थियो । सडक अवरुद्घ हुँदा सयौँ गाडी र यात्रु रोकिएका थिए ।
\\


प्रतिक्रिया