मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

सुर्खेत उडेको श्री एयरलाइन्सको विमान आकस्मिक अवतरण गराइयो

सुर्खेत उडेको श्री एयरलाइन्सको विमान आकस्मिक अवतरण गराइयो

न्यूजस्टोरी

काठमाडौं । काठमाडौंको त्रिभुवन विमानस्थलबाट सुर्खेतका लागि उडेको श्री एयरलाइन्सको विमान आकस्मिक अवतरण भएको छ ।

आज बिहान ८ बजे श्री एयरलाइनसको एसएचए १२१ विमान सुर्खेतका लागि उडेको थियो । जहाजमा प्राविधिक समस्या देखिए पछि तत्काल चालक दलले त्रिभुवन विमानस्थलमै आकस्मिक अवतरण गराइएको हो ।

अवतरणका क्रममा विमान केहीबेर धावनमार्गमै रोकिएको थियो । विमानमा ‘नोज ह्विल लक’को समस्या देखिएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले जनाएको छ ।

आजका लागि श्री एयरलाइन्सको पहिलो उडान थियो । यक्त विमानका यात्रुलाई अर्को विमानबाट सुर्खेत पठाइएको छ ।