मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

पर्सामा तस्करीमा कडाई, वाराको मटिअर्वा नाकावाट ठुलो मात्रामा कवाड र कपडाको तस्करी

पर्सामा तस्करीमा कडाई, वाराको मटिअर्वा नाकावाट ठुलो मात्रामा कवाड र कपडाको तस्करी

न्यूजस्टोरी

शेखर छत्कुली
वीरगन्ज, २१ भाद्र
बाराका प्रहरी प्रमुख प्रहरी उपरीक्षक (एसपी) महेन्द्र खड्का र सशस्त्र प्रहरीका एसपी बारा जिल्लाको कमाण्ड सम्हालेपछि बारा जिल्लाको विभिन्न नाकाबाट खुलेयाम तस्करी हुने गरेको पाइएको छ ।
सशस्त्र र नेपाल प्रहरीको मिलोमतोमा बारा जिल्लाको विभिन्न सीमावर्ती क्षेत्रबाट खुलेयाम तस्करी भइरहेको पाइएको हो ।
राजस्व चुहावट नियन्त्रणका लागि खटिने सशस्त्र प्रहरी तथा शान्ति सुरक्षा तथा सिमा नाकामा हुने अवैध कारोवार नियन्त्रण गरने जिम्मेवारी पाएका नेपाल प्रहरीहरुको संरक्षणमा नै अहिले सीमावर्ती क्षेत्रबाट विभिन्न सामानहरुको खुलेयाम तस्करी भइरहेको हो ।

अहिले तस्करीको हव बनेको बाराको , छतवा, कल्याणपुर, मटिआर्वा, बसन्तपुर, आम्वा, सिम्रनगढ, कचोर्व र हरनैया नाकाको आसपासका चोर नाकाहरुबाट ठुलो मात्रामा लता कपडा‌ काजु हाडवेयर कस्मेटिक किराना सामान जुता चप्पल चिनी छोहडा किसमिस हुन्डी लगायत प्रतिवन्धित पटाकाहरुको ठुलो मात्रामा अवैध तस्करी हुने गरेको छ भने नेपालबाट भारत तर्फ कवाडको नाममा तामा पितल सिलवरहरुको ठुलो मात्रामा अवैध रुपमा तस्करी भै रहेको छ ।

सबैभन्दा बढी प्रहरी प्रशासनलाई आर्थिक लाभ हुने नाका मटिआर्वा, , छतवा र सिम्रनगढ लगायतका तस्कहरहरुको समूहले अहिले नाकाबाट व्यापक तस्करी गरिरहेका छन् भने बारा जिल्लाको प्रहरी प्रशासन हेरेर पनी कानमा तेल हालेर थाहा पाएपनी थाहा नभएको जस्तो गरेकाछन् ।

नेपाल प्रहरी र सशस्त्र प्रहरीको संरक्षणमा मटिआर्वा नाकाबाट दिनहुुँ १०० देखि ३०० सयको हराहरीमा ठेलामा कबाड लोड गरि नेपालबाट भारततर्फ भित्र्याउने गरेको छ भन्ने भारतबाट अवैध रुपमा भन्सार छलेर रातिको समयमा करिव ५० वटा भन्दा बढी मोटरसाइकलमा लोड गरि तस्करहरुले सो नाकाबाट लत्ताकपडा, रजनिगन्धा, किराना सामानहरु भारतबाट नेपाल भित्रयाउने गरेकाछन ।

तस्करहरुले कवाडको नाममा विभिन्न महंगा(महंगा सामानहरु नेपालबाट भारततर्फ लैजाने समेत गरेका छन् । उनीहरुले खास गरेर रातिको समयमा वाराको मटिआर्वा गाउँ हुँदै भारतीय सीमावर्ती सहर आदापुरसम्म ती समानहरु पुर्याउने गरेका एक स्थानीयले बताएकाछन ।

मटिआर्वा नाकाबाट हुने कवाड तस्करी वापत जिल्ला प्रहरी कार्यालय बाराको एसपी खड्का, सशस्त्र प्रहरी १२ नम्बर गणका प्रमुख , प्रहरी चौकी मटिआर्वाको सई अरुण यादव र सशस्त्र प्रहरी मटिआर्वाका डिएसपी बिदुर भट्टराईले लाखौ रुपैयाँ बुझि ठुलो मात्रामा कबाडको तस्करीको लाइन खुलाएका हुन् जुन पर्सा प्रहरीले पर्सा जिल्लामा कवाड लगायत सम्पुर्ण तस्करीको लाईन बन्द गरेका छन ।

वारा जिल्ला क्षेत्रमा सिमा सुरक्षाको लागि खटिने प्रहरी चौकी मटिआर्वा एवं सशस्त्र प्रहरी मटिआर्वाको सेटिङ्गमा राति राति कबाडको नाममा बहुमूल्य बस्तुहरु भारततर्फ निर्यात हुने गरेको ती स्थानीयको दाबी छ । यसो माथिबाट हेर्दा झट्ट कवाडको सामान लाग्छ, तर भित्र भित्र बहुमूल्य धातुको वस्तुहरुको भारततर्फ तस्करी हुने गर्दा पनि प्रहरी प्रशासन मौन बसेको छ ।त्यस्तै भारतीय कपडाहरु खुलेयाम तस्करी भई बाराको विभिन्न बजारसम्म पुग्ने गरेको छ ।

भारतबाट व्यापारीहरुले नियमानुसार किनेर ल्याउँदा बढि पर्ने गरेको हुँदा तस्करीको कपडाहरु नै बजारमा अहिले छ्यापछ्यापी पाइन्छ । भारतको सीमावर्ती सहर आदापुर, घोडासहन लगायतको बजारबाट विना भन्सारका लाखौं बराबरको सामानहरु दिनहुँ भित्रिने गरेको हो ।

त्यस्तै नेपाल सरकारले भारतबाट आउने माछालाई चेकजाँच गरेर मात्रै नेपाल भित्रिन व्यवस्था गरेपनि यि तस्करहरुको समूहले सिमा नाका क्षेत्रमा रहेको सशस्त्र प्रहरी र नेपाल प्रहरीको मिलोमतोमा खुलेयाम वाराको मटिआर्वा नाकाबाट भित्र्याएको माछा काठमाडौसम्म तस्करहरुले पुर्‍याउने गरेका छन् ।
जसबाट स्वदेशी माछा उत्पादकहरुले घाटा व्यवहोर्नुपरेको छ ।
रातिको समयमा तस्करहरुले भारतबाट कपडा तस्करी गरि नेपालसम्म ल्याउने गरेका छन् भने दिनमा त्यही कपडालाई राखेर जितपुर, सिमराको मुख्य बजारसम्म पुर्याउँदा कोही कसैले चेकजाँच गरदैन रोकटोक केही हुँदैन ।

तस्करहरुको सेटिङ सीमावर्ती क्षेत्रमा रहेको प्रहरी चौकी एवं सशस्त्र प्रहरीहरुसँग मात्र नभई जिल्ला देखि केन्द्रसम्म रहेको बताइएको छ ।

सानो तिनो घरायसी सामान किन्न जाने सर्वसाधारणहरुको २ हजारको सामानलाई रोकेर चेकजाँच गर्ने सशस्त्र प्रहरीहरुले करोडौंको तस्करी गर्ने तस्करहरुको सामानलाई हेरेर पनि नहेरेको जस्तो गर्ने गरेको स्थानीयहरु बताउछन । ठुलठूला तस्करहरुको सामान भारतबाट नेपाल भित्र्याउन समय तोकिएको हुन्छ, रातिको १२ बजेदेखि विहानको ३ बजेसम्म ।

छिमेकी जिल्ला पर्सामा एसपी कुमोद ढुंगेलले आएको दिनदेखि तस्करीमा कडाई गरेपछि अहिले वीरगन्जको दर्जनौं ठूलठूला तस्करहरु बाराको विभिन्न नाकाहरुबाट ठुलो मात्रामा तस्करी गर्दे आएका छन् । यस्ता गतिविधितर्फ सम्बन्धित निकायको ध्यान जान यति आवशयक देखिएको छ । भिडियो सहित……..https://youtu.be/torcjb7GXr4?si=obe1KPRpGdTpJWAG