मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

लुम्बिनी प्रदेशसभाको २९ औँ बैठक सूचनामार्फत भदौ २६ मा सारियो

लुम्बिनी प्रदेशसभाको २९ औँ बैठक सूचनामार्फत भदौ २६ मा सारियो

न्यूजस्टोरी

रूपन्देही । लुम्बिनी प्रदेशसभाको आगामी बैठक भदौ २६ गते बुधवार बस्ने भएको छ । प्रदेशसभाको आगामी बैठक भदौ २३ गते बस्ने पूर्व जानकारी गराइएको थियो । तर, अन्तिम समयमा आएर बैठकको मिति सारिएको छ ।

लुम्बिनी प्रदेशसभा चौथो अधिवेशनको २९ औँ बैठक भदौ २६ गते बस्ने तय भएको प्रदेशसभा सचिव दुर्लभकुमार पुन मगरले जानकारी दिए । बैठक दिउँसो एक बजेका लागि बोलाइएको छ । बैठकले प्रदेश विपद् व्यवस्थापन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकलाई दफावार छलफलका लागि विषयगत समितिमा पठाउने, स्थानीय सेवाको गठन, सञ्चालन र सेवाका शर्त सम्बन्धमा व्यवस्थापन गर्न बनेको विधेयकलाई निर्णययार्थ प्रस्तुत गर्न सक्नेसम्मका सम्भावित कार्यसूची तय भएको जनाइएको छ ।

यसअघिको बैठकमा स्थानीय सेवाको गठन, सञ्चालन र सेवाका शर्त सम्बन्धमा व्यवस्थापन गर्न बनेको प्रतिवेदन सहितको विधेयक सभामा पेश भएको थियो । प्रतिवेदनसहितको विधेयक पास गर्ने तयारी गरिए पनि विधेयक पुनः प्रदेश मामिला तथा कानुन समितिमा पठाइएको थियो । प्रदेशसभाबाट पास हुनुपर्ने तर, अझैसम्म सदनले पास नगर्दा कर्मचारीको वृत्ति विकासमा असर परेको भन्दै दिनहुँ ज्ञापन पत्र बुझाउने, सरकारका प्रमुख तथा प्रदेश सभाका अधिकारीहरूलाई ध्यानाकर्षण गराउने काम चलिरहेको छ ।

प्रदेश सरकारले प्रदेश निजामती सेवाको गठन, सञ्चालन र सेवाका शर्त सम्बन्धमा व्यवस्थापन गर्न बनेको विधेयकको संशोधन प्रस्ताव समेत सदनमा लैजाने तयारी गरेको छ ।