मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

जर्जियाको हाईस्कुलमा १४ वर्षीय बालकले अन्धाधुन्ध गोली चलाए, दुई विद्यार्थीसहित चार जनाको मृत्यु

जर्जियाको हाईस्कुलमा १४ वर्षीय बालकले अन्धाधुन्ध गोली चलाए, दुई विद्यार्थीसहित चार जनाको मृत्यु

न्यूजस्टोरी

काठमाडौं । अमेरिकाको जर्जियास्थित एक विद्यालयमा १४ वर्षीय बालकले गोली प्रहारगरी ४ जनाको हत्या गरेका छन् । विन्डरस्थित एक हाईस्कुलमा गएराति भएको गोलीकाण्डमा दुई विद्यार्थी र दुई जना शिक्षकको ज्यान गएको सीएनएनले जनाएको छ ।

मारिनेमा शिक्षक क्रिस्टिना इरिमी र रिचर्ड एस्पिनवाल र १४ वर्षीय विद्यार्थी मेसन शेर्मरहोर्न र क्रिस्चियन एन्जेलो रहेको समाचारमा उल्लेख छ । गोली लागेर ९ जना घाइते भएका छन् । उनीहरूलाई अस्पताल भर्ना गरिएको छ। स्कुलमा गोली चलाउने १४ वर्षीय बालक कोल्ट ग्रे रहेको त्यहाँको प्रहरीले जनाएको छ । उनलाई नियन्त्रणमा लिएको छ । उनले प्रयोग गरेको बन्दुक एआर-प्लेटफर्म शैलीको हतियारु भएको प्रहरीको भनाइ छ ।

कोल्ट ग्रेलाई हत्याको अभियोग लगाइने भएको छ । उसलाई वयस्कको रूपमा मुद्दा चलाइनेछ । विद्यालयमा करिब १९०० विद्यार्थी अध्ययनरत छन् । गोली चलेको खबर पाएर प्रहरी पुगेपछि आक्रमणकारी आत्मसमर्पण गरी भुइँमा पल्टेका थिए । पक्राउ परेका आक्रमणकारी सोही विद्यालयमा अध्ययन गर्ने विद्यार्थी हुन् । कोल्ट ग्रेको गतिविधिमा एफबीआईलाई पहिले नै शंका थियो र गत वर्ष मेमा उनको परिवारसँग सोधपुछ गरेको थियो । त्यसबेला उनले सामाजिक सञ्जालमा विद्यालयमा गोली हान्ने धम्की दिएका थिए तर त्यतिबेला उनी पक्राउ परेनन् ।