मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

आयोगले लिएको प्रवेश परीक्षाको नतिजामा भएको त्रुटी छानबिन गर्न सरकारलाई निर्देशन

आयोगले लिएको प्रवेश परीक्षाको नतिजामा भएको त्रुटी छानबिन गर्न सरकारलाई निर्देशन

न्यूजस्टोरी

काठमाडौं । चिकित्सा शिक्षा आयोगले लिएको प्रवेश परीक्षाको नतिजा प्रकाशनमा भएको त्रुटीका विषयमा १० दिनभित्र छानबिन गर्न संसदीय समितिले सरकारलाई निर्देशन दिएको छ । सिंहदरबारमा बुधबार बसेको प्रतिनिधिसभा अन्तर्गतको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिले शिक्षामन्त्री र आयोगका पदाधिकारीसँग छलफल गर्दै नतिजा प्रकाशनमा भएको त्रुटीका विषयमा छानविन गरि प्रतिवेदन पेश गर्न निर्देशन दिएको हो ।

समिति सभापति अम्वरबहादुर थापाले विद्यार्थीको भविष्यसँग जोडिएको चिकित्सा शिक्षाको एकीकृत प्रवेश परिक्षाको नजिता प्रकाशनका देखिएको कमजोरीको १० दिनभित्र छानविन गरि तथ्य कुरा बाहिर ल्याउन निर्देशन दिएको जानकारी दिए ।

त्यस्तै, आगामी दिनमा मेरिट प्रणालीमा कुनै पनि सम्झौता नगरी आम नागरिक र सम्बन्धी व्यक्तिहरुको विश्वास जित्ने गरि आवश्यक सुधार गर्न पनि आयोगलाई निर्देशन दिएको उनले बताए ।