मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

सरकारीको रकम दुरुपयोग सम्बन्धमा गठित छानबिन समितिको समयावधि १५ दिन थप

सरकारीको रकम दुरुपयोग सम्बन्धमा गठित छानबिन समितिको समयावधि १५ दिन थप

न्यूजस्टोरी

काठमाडौं । सहकारी संस्थाका बचत रकम दुरुपयोग सम्बन्धमा गठित सं‌सदीय छानबिन विशेष समितिको समयावधि थप गरिएको छ। 

मंगलबार प्रतिनिधि सभामा राखिएको समयावधि थप सम्बन्धी प्रस्ताव बहुमतले पारित गर्दै १५ दिन थप भएको सभामुख देवराज घिमिरेले घोषणा गरे।  प्रतिनिधि सभाको बैठकमा सहकारी सम्बन्धमा संसदीय विशेष छानबिन समितिका संयोजक सूर्य थापाले समयावधि थप सम्बन्धि प्रस्ताव पेश गरेका थिए।

१५ जेठमा गठन भएको उक्त संसदीय समितिको पहिलो बैठक २२ जेठमा बसेको थियो । पहिले समितिको अवधि ३ महिना तोकिएकाले २२ भदौमा समय सकिँदै थियो ।