मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

श्रीलङ्काको इतिहासमा पहिलो पटक राष्ट्रपतीय चुनावमा दोस्रो चरणको मतगणना चल्दै

श्रीलङ्काको इतिहासमा पहिलो पटक राष्ट्रपतीय चुनावमा दोस्रो चरणको मतगणना चल्दै

न्यूजस्टोरी

श्रीलङकामा भएको राष्ट्रपतीय चुनावमा कुनै पनि उम्मेदवारले ५० प्रतिशत मत कटाउन नसकेपछि दोस्रो चरणको मतगणना भइरहेको छ । श्रीलङ्काको इतिहासमा पहिलो पटक राष्ट्रपतीय चुनावमा दोस्रो चरणको मतगणना भइरहेको हो । अहिलेसम्म कुनै पनि उम्मेदवारले जीतका लागि आवश्यक ५० प्रतिशतभन्दा धेरै मत प्राप्त गरेका छैनन् ।

श्रीलङ्काको निर्वाचन आयोगले अब मतदाताको दोस्रो र तेस्रो छनौटमा मतगणना गर्नेछ । चुनावमा नागरिकलाई आफ्नो प्राथमिकताअनुसार तीन जना उम्मेदवार छनौट गर्न आग्रह गरिएको थियो । निर्वाचन आयोगले एक पत्रकार सम्मेलनमा गरेर अब अनुराकुमार दिसानायके र साजिथ प्रेमदासाबाहेक अरु सबै उम्मेदवारहरू दौडबाट बाहिरिएको बताएको छ ।

वामपन्थी नेसनल पिपुल्स पावर गठबन्धनका उम्मेदवार अनुरा कुमारा दिसानायकेले शुरुदेखि अग्रता लिइरहनुभएको छ । धेरै सञ्चारमाध्यम र एक्जिट पोलले दिसानायकेले नै यो चुनाव जित्ने अनुमान गरेका छन् ।

वर्तमान राष्ट्रपति रनिल विक्रमासिङ्घे यसपटक पनि पराजित हुुनुभएको छ । विक्रमासिङ्घे यसअघि दुई पटक राष्ट्रपतिमा पराजित भइसक्नुभएको छ । आर्थिक सङ्कटका कारण देशव्यापी प्रदर्शनपछि तत्कालीन राष्ट्रपति गोटाबाया राजापाक्षले देश छाडेर भागेपछि विक्रमासिङ्घ संसद्बाट कार्यवाहक राष्ट्रपति बन्नुभएको हो ।