मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

आयल निगमको महेन्द्रनगर डिपोमा कर्मचारीको हत्या

आयल निगमको महेन्द्रनगर डिपोमा कर्मचारीको हत्या

न्यूजस्टोरी

काठमााडौं । नेपाल आयल निगमको धनुषास्थित महेन्द्रनगर डिपोमा कार्यरत कर्मचारीको हत्या भएको छ। शुक्रबार बिहान साढे १० बजे क्षिरेश्वरनाथ नगरपालिकास्थित डिपोको कार्यालयमै कर्मचारीको हत्या भएको हो।

इलाका प्रहरी कार्यालय महेन्द्रनगरका प्रहरी निरीक्षक सोनुकुमार साहका अनुसार हत्या हुनेमा सिरहाको सिरहा नगरपालिका-३ नखनाहाका ४० वर्षीय राकेश बर्मा छन्।

उनी डिपोको पाइपलाइन शाखामा कार्यरत ज्यालादारी कर्मचारी हुन्। प्रहरी निरीक्षक साहका अनुसार राकेशको हत्या गरेको आरोपमा डिपोकै कर्मचारी पक्राउ परेका छन्।