काठमाडौं, १३ भाद्र । राष्ट्रपति रामचन्द्र पौडेलले संक्रमणकालीन न्यायसम्बन्धी विधेयक प्रमाणीकरण गर्नुभएको छ ।
संघीय संसदको दुबै सदनबाट पारित भएको बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप (टीआरसी) विधेयक राष्ट्रपतिले आज प्रमाणित गरेका हुन् ।प्रमाणीकरणसँगै अब यो विधेयक कानून बनेको छ भने यसैकानूनअनुसार अब दुबै आयोगमा पदाधिकारी नियुक्तिका लागि बाटो खुलेको छ ।


प्रतिक्रिया