मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

पहिलो हाफमा बंगलादेशलाइ १–० को अग्रता

पहिलो हाफमा बंगलादेशलाइ १–० को अग्रता

न्यूजस्टोरी

काठमाडाैँ । यू–२० साफ च्याम्पियनसिपमा बंगलादेशले नेपाल विरुद्ध पहिलो हाफमा १–० को अग्रता बनाएको छ। पहिलो हाफको इन्जुरी समयमा मिराजुल इस्लामले गरेको उत्कृष्ट फ्रिकीक गोलमा परिणत हुँदा नेपाल खेलमा पछि परेको थियो।

निर्धारित समयको अन्तिम मिनेटमा निरज कार्कीले मिराजुल इस्लामलाई लडाएपछि पाएको फ्रिकीकलाई इस्लामलेनै दोस्रो बार च्याप्दै गरेको प्रहार पोलमा लाग्दै गोलमा परिणत भएको थियो।

त्यसअघि नेपालले खेलमा दबाब बढाउँदै बंगलादेश विरुद्ध गोलका राम्रा अवसर बनाएपनि गोल गर्न भने सकेन्। दुबै टिमले सुरुवातबाटै प्रतिस्पर्धात्मक खेल खेलेका थिए। बंगलादेशको तुलनामा नेपालले खेलमा गोलका प्रयास गरेपनि सफल भने भएन।