मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

राष्ट्रपति पौडेलद्वारा पाटनको कृष्ण मन्दिरमा पूजाअर्चना

राष्ट्रपति पौडेलद्वारा पाटनको कृष्ण मन्दिरमा पूजाअर्चना

न्यूजस्टोरी

काठमाडौं, १० भाद्र । राष्ट्रपति रामचन्द्र पौडेलले श्रीकृष्णजन्माष्टमी पर्वको उपलक्ष्यमा ललितपुरको पाटनमा रहेको कृष्ण मन्दिर पुगेर पूजाअर्चना गर्नुभएको छ । उहाँले पुजारीबाट टीका र प्रसाद ग्रहण गर्नुभएको छ ।

राष्ट्रपति पौडेललाई पाटन कृष्ण मन्दिरमा ललितपुर महानगरपालिकाका पदाधिकारीहरू र सांसदलगायतले स्वागत गरेका थिए ।

वैदिक सनातन हिन्दू धर्मावलम्बीले श्रीकृष्णजन्माष्टमी आज देशभर भगवान् श्रीकृष्णको पूजा आराधना गरी मनाउँदै छन् । द्वापरयुगमा भाद्र कृष्ण अष्टमीको मध्यरातमा भगवान् विष्णुको आठौं अवतारका रूपमा कृष्ण जन्मिएका विश्वास गरिन्छ ।

आज देशभरिका कृष्ण मन्दिरमा भगवान् श्रीकृष्णको पूजा–आराधना, प्रवचन, भजनकीर्तन गर्नुका साथै विशेषगरी महिला, पुरुष व्रत बसी रातभर जाग्राम बस्ने प्रचलन छ । आजको दिनलाई कृष्णअष्टमी र रातलाई मोहरात्रि भनिन्छ ।