मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

अमेरिकी राष्ट्रपतिकी उम्मेदवार ह्यारिसलाई एक महिनामै ५४ करोड डलर चन्दा

अमेरिकी राष्ट्रपतिकी उम्मेदवार ह्यारिसलाई एक महिनामै ५४ करोड डलर चन्दा

न्यूजस्टोरी

अमेरिकी राष्ट्रपतिकी उम्मेदवार कमला ह्यारिसले चुनावी अभियानको लागि एक महिनामै ५४ करोड डलर सहयोग जुटाउनुभएको छ ।

डेमोक्रेटिक पार्टीकी उम्मेदवार कमला ह्यारिसले अमेरिकी राष्ट्रपतिको लागि अभियान शुरु गरेको एक महिना भन्दा कम समयमै ५ सय ४० मिलियन डलर अर्थात् ५४ करोड डलर सहयोग वा चन्दा उठाउन सफल भएको समाचार संस्था रोयटर्सले जनाएको छ । नेपालीमा यो रकम ७२ अर्ब रुपैयाँ भन्दा धेरै हुन आउँछ ।

गएको हप्ता भएको डेमोक्रेटिक पार्टीको राष्ट्रिय सम्मेलनको समयमा मात्रै ८२ मिलियन डलर चन्दा उठेको थियो । चन्दाको वृद्धिले कमला ह्यारिसको उम्मेदवारीप्रति अमरिकी व्यापारी र नागरिकले उत्साह देखाएको सङ्केत मिलेको डेमोक्रेट नेताहरुले बताएका छन् ।

वर्तमान राष्ट्रपति जो बाइडेनले उम्मेदवारी फिर्ता लिएपछि उपराष्ट्रपति ह्यारिस जुलाई २१ मा राष्ट्रपति पदका उम्मेदवार बन्नुभएको थियो । ह्यारिसको उम्मेदवारीले अर्का उम्मेद्वार पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पलाई रक्षात्मक अवस्थामा राखेको खबरमा उल्लेख छ । अमेरिकी राष्ट्रपतिको चुनाव आउँदो नोभेम्बरमा हुँदैछ ।