मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

मर्स्याङ्दीमा खसेको बस निकाल्न मुग्लिन–आँबुखैरेनी सडक साढे तीन घण्टा बन्द

मर्स्याङ्दीमा खसेको बस निकाल्न मुग्लिन–आँबुखैरेनी सडक साढे तीन घण्टा बन्द

न्यूजस्टोरी

काठमाडौं, १० भाद्र । मर्स्याङ्दी नदीमा खसेको भारतीय बस निकाल्न मुग्लिन–आँबुखैरेनी सडक साढे तीन घण्टाको लागि बन्द भएको छ । मुग्लिन–आँबुखैरेनी सडक खण्ड आज बिहान साढे ६ बजेदेखि साढे तीन घण्टाका लागि बन्द गरिएको जिल्ला प्रशासन कार्यालय तनहुँले जनाएको छ ।

गएको शुक्रवार भारतीय नम्बर प्लेटको बस आँबुखैरेनी गाउँपालिका वडा नम्बर २ ऐनापहराबाट मर्स्याङ्दी नदीमा खस्दा २७ जनाको ज्यान गएको थियो भने १४ जना भएका छन् । सडकबाट खसेर नदी किनारमा पुगेको बस निकाल्न समस्या भएकाले आज सडक नै बन्द गरेर निकाल्ने काम भइरहेको छ । शवलाई शनिवार भारतीय वायुसेवाको विमानले भारत लगिसकेको छ ।