काठमाडौं । पूर्वप्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको धनगढीस्थित घरअगाडि फेला परेको शङ्कास्पद वस्तु नेपाली सेनाको टोलीले निष्कृय बनाएको छ । सेनाको टोलीले आइतवार बिहान निष्कृय बनाएको हो ।
धनगढी उपमहानगरपालिका–४ मा रहेको देउवा निवासअगाडि शनिवार राति शङ्कास्पद वस्तु फेला परेको खबर जिल्ला प्रहरी कार्यालय, कैलालीले १ बजे थाहा पाएको थियो । एउटा पुरानो झोलामा तार बेरिएको अवस्थामा शंकास्पद वस्तु भेटिएको थियो ।

त्यसलगत्तै नेपाल प्रहरीको टोली शङ्कास्पद वस्तु भएको ठाउँमा पुगेको थियो भने नेपाली सेनाले दुई टोली पुगेको थियो । बिहान ५ बजे पुगेको टोलीले साढे ८ बजे शङ्कास्पद वस्तु निष्कृय पारेको जिल्ला प्रहरी कार्यालय, कैलालीका प्रवक्ता प्रहरी नायव उपरीक्षक कवीन्द्र बोहराले जानकारी दिए ।
उनका अनुसार बेबारिसे झोलाभित्र हेर्दा इलेक्ट्रिक केटली भेटिएको र त्यसभित्र टिफिन बक्स फेला परेका थियो ।

‘बेबारिसे झोलाभित्र हेर्दा इलेक्ट्रिक केटली भेटिएको थियो । त्यसको भित्र टिफिन बक्स फेला पर्यो । यो निकै रहस्यमय लागेकाले डिस्पोज गराइएको हो,’ उनले भने ।
धनगढीको घरमा कांग्रेस सभापति देउवाका भतिजा तथा सुदूरपश्चिम प्रदेशका पूर्वमन्त्री प्रकाश देउवा बस्ने गर्छन् ।


प्रतिक्रिया