मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

अछामको बूढीगङ्गा र सहायक खोलामा आकस्मिक बाढीको जोखिम, सतर्कता अपनाउन आग्रह

अछामको बूढीगङ्गा र सहायक खोलामा आकस्मिक बाढीको जोखिम, सतर्कता अपनाउन आग्रह

न्यूजस्टोरी

काठमाडौं, ९ भाद्र । गएराति देशका विभिन्न ठाउँमा ठूलो पानी परेको छ । अछाम, तनहुँ, बागलुङ, कास्की, गोरखा, लमजुङ, म्याग्दी, डडेलधुरा, बैतडी, दार्चुला, बझाङलगायतका जिल्लामा पानी परेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

ठूलो पानी परेको अछामको बूढीगङ्गा र सहायक खोलामा आकस्मिक बाढीको जोखिम रहेकाले नदी तटीय क्षेत्रमा सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ । त्यस्तै पानी परेका अरू क्षेत्रका साना खोलामा पनि जोखिम रहेकाले सर्तकता अपनाउन भनिएको छ ।