काठमाडौं । रूपन्देहीको देवदहमा तीजको दर खाँदा फूड पोइजनु भई २ दर्जन बढी महिला बिरामी परेका छन् । देवदह(६ स्थित शिवालय टोलका विभिन्न महिला समूह मिलेर भदौं ६ गते दर खाएपछि उनीहरू बिरामी परेका हुन् ।
देवदह-६ का वडा अध्यक्ष खेमबहादुर थापा मगरका अनुसार ६ गते साँझदेखि बिरामी परेका उनीहरूमा बान्ता हुने, टाउको दुख्ने, पखाला लाग्ने, पेट दुख्ने, रिङ्गटा लाग्नेलगायत स्वास्थ्य समस्या देखिएका छन् । बिरामी परेका १८ जनाको स्थानीय अनिता मेडिकलहल खैरेनीमा उपचार भैरहेको उनले बताए । ५ जनाको भने देवदह मेडिकल कलेजमा उपचार भइरहेको छ । अन्य ५र६ जनाले घरमै बसेर उपचार गराइरहेका छन् ।
उपचारमा संलग्न अनिता मेडिकल हलका डा। छविलाल गिरीका अनुसार उनीहरूमा १०२ देखि १०४ डिग्रीसम्मको ज्वरो आउने गरेको छ । दर खाने कार्यक्रममा ३५ जना सहभागी थिए ।


प्रतिक्रिया