काठमाडौं । मुस्ताङको थासाङ गाउँपालिकास्थित बोक्सी खोलामा हिमपहिरो गएको छ ।
शुक्रबार दिउँसो हिम गएको हिम पहिरोले बोक्सी खोला थुनिएको जिल्ला प्रहरी कार्यालय मुस्ताङका प्रमुख भोजराज पाण्डेले लोकान्तरलाई जानकारी दिए । उनले भने, ‘हिउँ पहिरो गएर खोलामा थुप्रिएको छ, २० प्रतिशत पानी मात्रै तल बगेको छ, अरु पहिरोले नै सोसेर राखेको हो जस्तो छ ।’
पाण्डेका अनुसार सतर्कता अपनाउन सूचना जारी गरिरहेको बताए । मुस्ताङका सीडीओ जनकराज पन्त र डीएसपी पाण्डेसहितको टोली अहिले पहिरो स्थलमा पुगेको छ ।


प्रतिक्रिया