मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

मुग्लिनमा गुडिरहेको बसमाथि ढुंगा खसेर अनियन्त्रित भइ पल्टिँदा ११ जना घाइते

मुग्लिनमा गुडिरहेको बसमाथि ढुंगा खसेर अनियन्त्रित भइ पल्टिँदा ११ जना घाइते

न्यूजस्टोरी

काठमाडौं । चितवनस्थित मुग्लिन नारायणगढ सडकखण्डमा बसमाथि ढुंगा खस्दा अनियन्त्रित भएर पल्टिएको छ।

शुक्रबार दिउँसो पौने २ बजे भरतपुर महानगरपालिका- २९ सत्रकिलोमा रौतहटको गौरबाट पोखरा जाँदै गरेको ग २ ख ४७ नम्बरको बसमाथि ढुंगा खसेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ। 

अचानक बसमाथि ढुंगा खसेपछि चालक आत्तिँदा बस अनियन्त्रित भएर पल्टिएको हो। बसमा सवार अन्दाजी १०/११ जना यात्रु घाइते छन्। घाइतेको उद्धार गरी उपचारको लागि भरतपुरतर्फ पठाइएको प्रशासनले जनाएको छ।