मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

तनहुँ बस दुर्घटना : मेडिकल टिमसहित सेनाकाे हेलिकप्टर दुर्घटनास्थलमा

तनहुँ बस दुर्घटना : मेडिकल टिमसहित सेनाकाे हेलिकप्टर दुर्घटनास्थलमा

न्यूजस्टोरी

काठमाडौं । तनहुँको आबुँखैरेनीमा भएको बस दुर्घटनाका घाइतेको उद्धारका लागि नेपाली सेनाको हेलिकप्टर परिचालन गरिएको छ। गम्भीर घाइते भएकालाई उद्धार गर्न हेलिकप्टर परिचालन गरिएको गृह मन्त्रालयले जनाएको छ।

केहीबेर अघि हेलिकप्टर दुर्घटनास्थलमा अवतरण भैसकेको छ। हेलिकप्टरमार्फत घाइतेहरुलाई काठमाडौँ ल्याउने तयारी छ।

पोखराबाट शुक्रबार बिहान काठमाडौँ आउदै गरेको भारतीय नम्बर प्लेटको युपीएफटी ७६२३ नम्बरको बस मस्र्याङदी नदिमा खसेर दुर्घटना भएको थियो। दुर्घटनामा परेका ४१ यात्रुमध्ये १४ जनाको मृत्यु भएको छ।