मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

मधेस सरकारसँग ४ बुँदे सम्झौता पश्चात् युवाले तोडे अनशन, मुख्यमन्त्रीले खुवाए जुस

मधेस सरकारसँग ४ बुँदे सम्झौता पश्चात् युवाले तोडे अनशन, मुख्यमन्त्रीले खुवाए जुस

न्यूजस्टोरी

जनकपुरधाम । नयाँ कमला पुलको निर्माणको माग गर्दै आमरण अनशनमा बसेका युवाहरूको अनशन मधेसका मुख्यमन्त्री सतिशकुमार सिंहले जुस खुवाएर तोडाएका छन् ।

अनशनमा बसेका युवाहरूसँग मधेस सरकारले ४ बुँदे सम्झौता गरेपछि अनशनकारी युवाहरू अनशन तोड्न तयार भएका थिए । सम्झौतापछि मुख्यमन्त्री सिंहले अनशनमा बसेका युवाहरूलाई जुस खुवाउँदै अनशन तोडाएका हुन् ।मधेस सरकार नयाँ कमला पुल निर्माण गर्न प्रदेश सरकार तयार रहेको भन्दै अनशनमा बसेका युवाहरूसँग सम्झौता गरेको हो । यसका साथै नयाँ कमला पुलका लागि आवश्यक बजेट आ.व.२०८२/०८३ को वार्षिक बजेटमा संघ सरकारबाट राख्न पहल गर्ने वा सम्पूर्ण बजेट मधेश प्रदेश सरकारकै श्रोतबाट बेहोर्ने, २०८१ मंसिर १ गते भित्र पुल निर्माणकालागि डीपीआर तयारीका लागि बोलपत्र आह्वान गर्ने र नयाँ कमला पुल निर्माण संघर्ष समिति सिरहा–धनुषाको संघर्षका सम्पूर्ण कार्यक्रम स्थगित गर्ने सम्झौता गरिएको हो । नयाँ कमला पुल निर्माणको माग गर्दै भदौ ४ गते देखी युवाहरू सामूहिक रूपमा आमरण अनशनमा बसेका थिए ।