मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

आँबुखैरेनीनजिकै ऐना पहराबाट मर्स्याङ्दीमा खस्यो बस

आँबुखैरेनीनजिकै ऐना पहराबाट मर्स्याङ्दीमा खस्यो बस

न्यूजस्टोरी

काठमाडौं । तनहुँको आँबुखैरेनीनजिकै ऐना पहराबाट मर्स्याङ्दी नदीमा यात्रुवहाक बस खसेको छ।

शुक्रबार बिहान साढे ११ बजे आबुखैरेनी गाउँपालिका वडा नम्बर २ ऐनापहरास्थित सडकबाट बस मर्स्याङ्दी नदीमा खसेको जिल्ला प्रहरी कार्यालय तनहुँका एसपी वीरेन्द्रबहादुर शाहीले जानकारी दिए। उनकाअनुसार घटनास्थलमा आँबुखैरेनीको प्रहरी टोली पुगेको छ। डोरी लगाएर उद्धार गर्न थालिएको एसपी शाहीले बताए।

बस कहाँबाट कहाँ जाँदै थियो, कति जना यात्रु थिए र अन्य विवरण खुलिसकेको छैन। प्रमुख जिल्ला अधिकारी, एसपी र अन्य सुरक्षाकर्मी घटनास्थलतर्फ जाँदैछन्। घटनास्थल पृथ्वी राजमार्गको आँबुखैरेनी(मुग्लिन सडकखण्डमा पर्छ।