मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

प्रहरीको ३० वर्षे अवधि कार्यान्वयन नगर्न सर्वोच्चको अन्तरिम आदेश

प्रहरीको ३० वर्षे अवधि कार्यान्वयन नगर्न सर्वोच्चको अन्तरिम आदेश

न्यूजस्टोरी

काठमाडौं, ७ भाद्र । सर्वोच्च अदालतले प्रहरीको ३० वर्षे प्रावधान तत्काल कार्यान्वयन नगर्न अन्तरिम आदेश दिएको छ । न्यायाधीश हरिप्रसाद फुयाँलको हिजोको इजलासले अवकाश हुने भनी दिइएका पत्राचारहरू हाललाई कार्यान्वयन नगर्नू, नगराउनू भनी अन्तरिम आदेश दिएको हो ।

३० वर्षे सेवा अवधिका कारण आफूहरू अन्यायमा परेको भन्दै यही भदौ १६ गते अवकाश हुन लागेका नेपाल प्रहरीका एसएसपीसहित २१ जना प्रहरी कर्मचारीले सर्वोच्च अदालतमा रिट दायर गरेका थिए ।

रिटलाई अग्राधिकार दिँदै सर्वोच्चले पूर्ण सुुनुवाइका लागि अशोज १० गतेको पेसी तोकेको छ । अन्तरिम आदेशले निरन्तरता पाए प्रहरीमा रोलक्रम र भावी नेतृत्वमै उथलपुथल हुने भएको छ ।