मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

कलेजमा विस्फोट गराउने २ विद्यार्थी पक्राउ, प्रहरीलाई भने- ‘रमाइलोका लागि पटका पड्काएका हौं’

कलेजमा विस्फोट गराउने २ विद्यार्थी पक्राउ, प्रहरीलाई भने- ‘रमाइलोका लागि पटका पड्काएका हौं’

न्यूजस्टोरी

दाङ । दाङको घोराहीस्थित महेन्द्र बहुमुखी क्याम्पसमा सुतली बम पड्काएर भाग्न खोज्ने दुईजना पक्राउ परेका छन् ।

चर्को आवाजमा बम पड्किएको र पड्काएर भाग्न खोज्ने २ जना पक्राउ परेको दाङका प्रमुख जिल्ला अधिकारी रामबन्धु सुवेदीले जानकारी दिए । ‘मोटर साइकलमा आएका २ जना बम फालेर भाग्दै गर्दा पक्राउ परेका छन् । यस विषयमा आवश्यक अनुसन्धान भइरहेको छ,’ सुवेदीले भने, ‘सुतली बम चर्को आवाजमा पड्केको थियो ।

जिल्ला प्रहरी कार्यालय दाङका निमित्त प्रहरी प्रमुख डीएसपी रामप्रसाद तिमल्सिनाले मोटरसाइकलमा आएका २ जनाले क्याम्पसमा सुतली बमजस्तो देखिने वस्तु पड्काएर भाग्न खोजेका थिए । त्यसक्रममा घोराही उपमहानगरपालिका( १५ निवासी अभियान थापा र महेन्द्र बहुमुखी क्याम्पसमा पढ्ने सुदन कार्कीलाई पक्राउ गरिएको छ । थापा पनि हालै १२ कक्षाको पढाइ सकेका विद्यार्थी भएको बताइएको छ । प्रहरीका अनुसार पक्राउ परेका दुवै जनाले रमाइलोका लागि पटका पड्काएको बताएका छन् ।