काठमाण्डौ । कर्णाली राजमार्ग अवरुद्ध भएको छ । सुर्खेत–जुम्ला सडक खण्ड कालिकोटको एसमोड र हुल्ममा पहिरो खसेपछि आज बिहानैदेखि राजमार्ग पुर्णरुपमा अवरुद्ध भएको सडक डिभिजन कार्यालय जुम्लाका सुचना अधिकारी वीरबहादुर जिटीले जानकारी दिनुभयो ।
पहिरोले बन्द सडक खुलाउने प्रयास भइरहेको उहाँले बताउनुभयो । कालीकोट खण्डको दहीखोला, गगनेखोला, एसमोड र हुल्ममा पटक पटक पहिरोले राजमार्ग अवरुद्ध हुँदै आएको छ । सडक बन्द हुँदा जुम्ला, मुगुबाट सुर्खेत, नेपालगन्ज र काठमाण्डौ आउनेजाने यात्रु प्रभावित हुँदै आएका छन् ।


प्रतिक्रिया