काठमाडौं । सरकारले ‘शर्ट फर्म भिडिओ’ सम्बन्धी सामाजिक सञ्जाल टिकटकमा लगाइएको प्रतिबन्ध फुकुवा गर्ने तयारी गरेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले आजका दिनमा कुने पनि सामाजिक सञ्जालमा प्रतिबन्ध लगाउन नहुने भन्दै टिकटकमाथिको प्रतिबन्ध हटाउन आवश्यक गृहकार्य गर्न सञ्चार मन्त्रालयलाई निर्देशन दिएका छन् ।
चाँडै मन्त्रिपरिषद्को निर्णयमार्फत् टिकटकमाथिको प्रतिबन्ध हटाउनेगरी तयारी गरिएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका कर्मचारीहरूको भनाइ छ । सञ्चारमन्त्री पृथ्वीसुब्बा गुरूङले टिकटकका नेपाल प्रतिनिधिसँग छलफल गरेर मन्त्रालयमार्फत् मन्त्रिपरिषद्मा प्रस्ताव लगेर निर्णय गराउने तयारी गरिरहेका छन् ।
गत वर्ष कात्तिक ७ गते बसेको मन्त्रिपरिषद् बैठकले सामाजिक सद्भाव बिगार्ने काम भएको भन्दै टिकटकमाथि प्रतिबन्ध लगाउने निर्णय गरेको थियो ।


प्रतिक्रिया