मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

गठ्ठाघर दुर्घटना ‘भवितव्य’ भएको समितिको निष्कर्ष, मान्छे किचेको थाहै नपाएको चालकको बयान

गठ्ठाघर दुर्घटना ‘भवितव्य’ भएको समितिको निष्कर्ष, मान्छे किचेको थाहै नपाएको चालकको बयान

न्यूजस्टोरी

काठमाडौं । भक्तपुरको गठ्ठाघरमा भएको दुर्घटनाबारे छानबिन गर्न गठन गरिएको दुईवटै समितिले काम गरिरहेका छन् । गत साउन ३१ मा ट्रकले स्कुटरलाई ठक्कर दिएको घटनाबारे छानबिन गर्न प्रहरी र प्रशासनले गठन गरेका समितिले काम गरिरहेका हुन् ।

उपत्यका प्रहरी कार्यालयका एसपी प्रजित केसी नेतृत्वको समितिले छानबिन सकेर आज प्रतिवेदन बुझाउने तयारी गरेको छ । समितिले ट्रक चालक सर्लाही घर भएका ३२ वर्षीय सतेन्द्र श्रेष्ठसँग सोधपुछ गरेको छ । सो क्रममा उनले स्कुटर नदेखेको बयान दिएका छन् । ‘म आफ्नै गतिमा गाडी हाँकी रहेका थिएँ,’ उनले बयानमा भनेका छन्, ‘मैले स्कुटर देखिनँ, ठोक्किएको जस्तो लागेपछि हेर्दा दुर्घटना भएको रहेछ ।’

भक्तपुरका सहायक प्रमुख जिल्ला अधिकारी डोरेन्द्र निरौला नेतृत्वको समितिले पनि दुर्घटनास्थलको सीसीटीभीको फुटेज जाँच गरेर ट्रक चालकसँग बयान लिएको छ । समितिसँग चालकले ‘मान्छे किचेको थाहै नपाएको, गाडी बम्पिङ भएपछि लुकिङ ग्लासमा हेर्दा दुर्घटना भएको देखेको’ बताएका छन् । दुर्घटना ‘भवितव्य’ भएको दुवै छानबिन समितिको प्रारम्भिक निष्कर्ष छ ।