मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

चर्चमाथि पहिरो खस्योः एक जनाको मृत्यु, एक घाइते

चर्चमाथि पहिरो खस्योः एक जनाको मृत्यु, एक घाइते

न्यूजस्टोरी

काठमाडौँ । रोल्पाको रोल्पा नगरपालिका – २ मूलपानीमा रहेको बेथेल मण्डली चर्चमाथि पहिरो खस्दा एक जनाको मृत्यु भएको छ । आइतबार बिहान ४ बजेतिर खसेको पहिरोमा परी अर्की एक किशोरी घाइते छिन् ।

जिल्ला प्रहरी कार्यालय रोल्पाका अनुसार पहिरोमा परी रोल्पा नगरपालिका – १० धाङ्सी घर भई सोही चर्चमा बस्दै आएकी धनजित बुढामगरको मृत्यु भएको हो । पहिरोमा परी सुनछहरी गाउँपालिका – ३ मौलावन घर भई हाल सोही चर्चमा बस्दै आएकी १८ वर्षीया नौभा घर्तीमगर घाइते भएकी छिन् ।

चर्चामा १० जना बस्दै आएका थिए । अरूको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ । घाइतेको जिल्ला अस्पताल रेउघामा उपचार भइरहेको छ ।