मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बागमती प्रदेशमा भदौ ४ गते सार्वजनिक बिदा

बागमती प्रदेशमा भदौ ४ गते सार्वजनिक बिदा

न्यूजस्टोरी

काठमाडौ । बागमती प्रदेश सरकारले भदौ ४ गते सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।आजको प्रदेश सरकार मन्त्रिपरिषद् बैठकले गाईजात्रा पर्वका अवसरमा आगामी मङ्गलबार बिदा दिने निर्णय गरेको आन्तरिक मामिला तथा कानुनमन्त्री सुरजचन्द्र लामिछानेले जानकारी दिए।

बैठकले आन्तरिक मामिला तथा कानुनमन्त्री सुरजचन्द्र लामिछानेलाई सरकारको प्रवक्ताको जिम्मेवारी दिने निर्णय गरेको छ । साथै मन्त्रालयगत रुपमा आएको अस्थायी दरबन्दी स्वीकृत गर्ने समेत बैठकले निर्णय गरिएको उनले बताए।