मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

गठ्ठाघरमा ट्रकले ठक्कर दिँदा स्कुटर चालकको मृत्यु,स्थिति तनावग्रस्त

गठ्ठाघरमा ट्रकले ठक्कर दिँदा स्कुटर चालकको मृत्यु,स्थिति तनावग्रस्त

न्यूजस्टोरी

भक्तपुर । भक्तपुरमा स्कुटर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । भक्तपुरको गठ्ठाघरमा ट्रकले स्कुटरलाई ठक्कर दिँदा स्कुटर चालकको मृत्यु भएको हो ।

महानगरीय प्रहरी वृत्त ठिमीका अनुसार बिहीबार दिउँसो गट्ठाघरमा ट्राफिक प्रहरीले चेकजाँचका लागि रोकिराखेको स्कुटरलाई पछाडिबाट ट्रकले ठक्कर दिएको हो । 

तीव्र गतिमा आएको ना ६ ख २१७३ नम्बरको ट्रकले ठक्कर दिँदा स्कुटर २० मिटर परसम्म घिस्रिएर पुगेको थियो । घटनास्थल अहिले तनावपूर्ण बनेको छ ।  मृतकको सनाखत हुन सकेको छैन भने  दुर्घटनाबारे थप विवरण आउन बाँकी छ ।