काठमाडौं । पछिल्लो समय काठमाडौं उपत्यकामा जमिन भासिने क्रम बढेको छ । काठमाडौंको कमलादीस्थित टुकुचा खोलामाथिको सडक भासिएको घटना सेलाउन नपाउँदै तारकेश्वर नगरपालिका-५ अर्यालटारमा त्यस्तै शैलीमा फुटबल मैदान भासिन पुगेको छ ।
स्थानीय खोलालाई पुरेर बनाइएको खेल मैदानको एउटा भाग ठूलो आकारमा भासिएको हो । त्यहाँ खोलालाई पुरेर खेल मैदान निर्माण गरिएको थियो ।खोलो पुरेर बनाइएको खेल मैदान निरन्तरको वर्षातपछि भासिन पुगेर ठूलो भ्वाङ परेको छ। भ्वाङ परेको स्थानमा ह्युम पाइपमा खुम्च्याइएको खोलो बगिरहेको अवस्थामा देखिएको छ ।उपत्यकामा अविरल वर्षाका कारण सडकसहितका संरचना भासिइरहेका छन् । स्थानीय रुद्रेश्वर खोलो पुरेपछि त्यहाँ खेल मैदान बनाइएको थियो।
खोलो पुरेर बनाइएको खेल मैदानमा ढलानको तयारी हुँदै गर्दा ठूलो भ्वासङसहित भासिएको स्थानीय प्रसाद अर्यालले जानकारी दिए ।
तस्बिरहरू :














प्रतिक्रिया