मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

संसद्को दुई संयुक्त समितिका सभापति आज चयन हुने

संसद्को दुई संयुक्त समितिका सभापति आज चयन हुने

न्यूजस्टोरी

काठमाडौं । संघीय संसद्को दुई संयुक्त समितिमा आज सभापति चयन हुँदै छ । हिजो संसदीय सुनुवाइ समितिमा कांग्रेसकी ईश्वरीदेवी न्यौपाने र राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन अनुगमन तथा मूल्याङ्कन समितिको सभापतिमा नेकपा एमालेका सांसद ठाकुर गैरेले उम्मेदवार दिएका छन् । उनीहरुको एकल उम्मेदवार परेकाले सर्वसम्मत चयन हुन लागेका हुन् ।

संघीय संसदका महासचिव पद्मप्रसाद पाण्डेयका अनुसार दुई वटै समितिको बैठक आज दिउँसो ३ बजे बोलाइएको छ । समितिको सभापति पदको निर्वाचन सम्बन्धका लागि राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन, अनुगमन तथा मूल्याङ्कन समितिको पहिलो बैठक कानून, न्याय तथा मानव अधिकार समितिको सभाकक्ष सिंहदरबारमा बस्दैछ ।