मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

संसदभवन परिसरमा बिरोध प्रदर्शन, प्रहरीद्वारा पक्राउ (तस्बिरहरु)

संसदभवन परिसरमा बिरोध प्रदर्शन, प्रहरीद्वारा पक्राउ (तस्बिरहरु)

न्यूजस्टोरी

काठमाडौं । संघीय संसद्‍मा संक्रमणकालीन न्यायसम्बन्धी विधेयकलाई अन्तिम टुंगो दिन छलफल हुँदै गर्दा बाहिर एकजना युवकले प्रदर्शन गरेका छन् ।

संसद् भवन परिसरमा अछामका एकजना युवक दीपक देवकोटाले प्रदर्शन गरेका हुन् । ‘नक्कली भुटानी शरणार्थी प्रकरणमा संलग्नलाई कारबाही गर’ भन्दै विद्यार्थीका रुपमा प्रवेश गरेका ती युवकले प्रदर्शन गरेका हुन् । प्रदर्शनकारी युवकले ‘नक्कली भुटानी शरणार्थी, सहकारी ठगी र गिरीबन्धु टी-स्टैटका नाइकेहरूलाई कारबाही गर’ लेखिएको प्लेकार्ड प्रदर्शन गरे ।

प्रदर्शनमा संलग्न अछामका देवकोटालाई प्रहरीले नियन्त्रणमा लिएको छ । उनी रत्नराज्यलक्ष्मी क्याम्पसमा स्नातक तह प्रथम वर्षमा अध्ययनरत विद्यार्थी रहेको खुलेको छ ।

हेर्नुहोस् तस्बिरहरु :