मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

पहिरो पन्छाएर खुलाइयो पृथ्वी राजमार्ग

पहिरो पन्छाएर खुलाइयो पृथ्वी राजमार्ग

न्यूजस्टोरी

चितवन । मुग्लिन-मौवाखोला सडकका विभिन्न ठाउँमा खसेका पहिरो पन्छाएपछि पृथ्वी राजमार्ग सञ्चालनमा आएको छ। गएरातिको वर्षाका कारण सडकका विभिन्न स्थानमा पहिरो खसेको थियो ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता भेषराज रिजालका अनुसार इच्छाकामना गाउँपालिका-३ चुम्लिङटार र मौवाखोलामा खसेको पहिरो हटाएसँगै बाटो खुलेको हो। 

मौवाखोलामा एकतर्फी र चुम्लिङटारमा दुईतर्फी सडक अवरुद्ध भएको थियोभने कुरिनटारमा विशाल ढुङ्गा खसेको थियो।