मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

दाउन्नेमा फेरि गयो पहिरो, पूर्व-पश्चिम राजमाार्ग पूर्णरूपमा अवरूद्ध

दाउन्नेमा फेरि गयो पहिरो, पूर्व-पश्चिम राजमाार्ग पूर्णरूपमा अवरूद्ध

न्यूजस्टोरी

नवलपुर । पूर्व-पश्चिम राजमार्गअन्तर्गत नारायणघाट-बुटवल सडकखण्ड फेरि पूर्णरुपमा अवरुद्ध भएको छ । दाउन्नेमा भासिएको सडक मर्मतको काम चलिरहेका बेला मङ्गलबार राती फेरि लेदोसहितको पहिरो झरेपछि सडक पूर्णरुपमा अवरुद्ध भएको हो ।

हिजो दिनभर भासिएको सडक मर्मतको काम भए पनि नसकिएपछि बुधबार बिहानैदेखि मर्मत गर्ने गरी सडक एकतर्फी सञ्चालन गरेर छोडिएको थियो । तर लेदोसहितको पहिरो झरेपछि बिहान ४ः४५ बजेदेखि राजमार्ग पूर्णरुपमा अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय नवलपुरले जनाएको छ ।

बाटो एकतर्फी भए पनि सञ्चालनका लागि प्रयास भइरहेको बताइएको छ ।