मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

सुदूरपश्चिमका मुख्यमन्त्री शाहले आज विश्वासको मत लिँदै

सुदूरपश्चिमका मुख्यमन्त्री शाहले आज विश्वासको मत लिँदै

न्यूजस्टोरी

काठमाडौं । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले आज विश्वासको मत लिँदैछन् ।

विश्वासको मत प्रयोजनका लागि आज प्रदेशसभा बैठक बोलाइएको छ । मुख्यमन्त्री नियुक्त भएको ३० दिनभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्थाअनुसार मुख्यमन्त्री शाहले आज विश्वासको मत लिन लागेका हुन् ।

गत असार २० गते कांग्रेस र एमालेको समर्थनमा शाह मुख्यमन्त्रीमा नियुक्त भएका थिए । कांग्रेस र एमालेको समर्थनमा मुख्यमन्त्री भएका शाह नेतृत्वको सरकारमा नागरिक उन्मुक्ति पार्टी (नाउपा) पनि सहभागी छ ।

५३ सदस्यीय सुदूरपश्चिम प्रदेशसभामा बहुमतका लागि २७ सांसदको समर्थन आवश्यक पर्दछ ।प्रदेशसभामा सत्तारुढ कांग्रेसका १८, एमालेका ११ र नागरिक उन्मुक्ति पार्टीका ७ सांसद रहेका छन् ।

यसैगरी विपक्षमा रहेका नेकपा माओवादी केन्द्रका ११, नेकपा एकीकृत समाजवादीका पाँच र राप्रपाका एक सांसद छन्।