मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बिहारको एक मन्दिरमा भागदौड मच्चिँदा कम्तीमा सातको मृत्यु, नौ जना घाइते

बिहारको एक मन्दिरमा भागदौड मच्चिँदा कम्तीमा सातको मृत्यु, नौ जना घाइते

न्यूजस्टोरी

जेहनाबाद । भारतको एक मन्दिरमा सोमबार भएको भागदौडमा कम्तीमा सात जनाको मृत्यु हुनुका साथै अन्य नौ जना घाइते भएका छन् । बिहार राज्यको जेहनाबाद जिल्लाको मखदुमपुरस्थित बाबा सिद्धनाथ मन्दिरमा भागदौडपछि उक्त दुःखद घटना भएको हो  ।  

घटनाको पुष्टि गर्दै जेहनाबादका जिल्ला प्रशासक अलङ्कृता पाण्डेले बाबा सिद्धनाथ मन्दिरमा भएको भागदौडमा मृतक तथा घाइतेको पुष्टि गर्दै हाललाई स्थिति नियन्त्रणमा रहेको बताउनुभएको छ । भागदौड कसरी सुरु भयो भन्ने विषयमा तत्काल कुनै जानकारी प्राप्त हुनसकेको छैन । जेहनाबादका प्रहरी प्रमुख दिवाकरकुमार विश्वकर्माले  जिल्ला प्रशासक र प्रहरी उपरीक्षक घटनास्थलमा गई घटनाको जानकारी  लिइरहेको बताउनुभएको छ । 

उहाँहरुका अनुसार शवहरु पोस्टमार्टमका लागि पठाइँदैछ । यसैबिच, जेहनाबादका प्रहरी अधिकारी विकास कुमारले घटनाप्रति दुःख व्यक्त गर्दै उचित सुरक्षा व्यवस्था  हुँदाहुँदै पनि दुःखद घटना हुन पुगेको उल्लेख गर्नुभएको छ । उहाँका अनुसार घटनाको बारेमा अनुसन्धान भइरहेको छ ।