मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

पशुपतिमा साउनको अन्तिम सोमबारकाे राैनक [तस्विरहरु]

पशुपतिमा साउनको अन्तिम सोमबारकाे राैनक [तस्विरहरु]

न्यूजस्टोरी

काठमाडौं । काठमाडौँको पशुपतिनाथमा बिहानैदेखि दर्शनार्थीको घुइँचो लागेको छ ।श्रावण महिनाको अन्तिम सोमबार आज पशुपतिनाथ मन्दिरमा बिहानैदेखि श्रद्धालुहरूको ठुलो भीड लागेको हो । व्रत बसेकाहरूले पशुपतिनाथमा पूजा अर्चनासहित गोदान, पूर्ण पात्र आदि धार्मिक कार्य गरेर व्रतको समापन गर्दैछन् ।

साउने सोमबारको पूजाआजा गर्न आएका दर्शनार्थी तथा बोलबम यात्रामा निस्केकाहरूका लागि बिहानदेखि नै मन्दिरमा सहज रूपमा दर्शनको व्यवस्था मिलाएको पशुपति क्षेत्र विकास कोषले जनाएको छ ।