मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

सर्वोच्चको आदेश : चुडामणि शर्मा थुनामा पर्नुको कारण पेस गर्नू

सर्वोच्चको आदेश : चुडामणि शर्मा थुनामा पर्नुको कारण पेस गर्नू

न्यूजस्टोरी

काठमाण्डौ । सर्वोच्च अदालतले निलम्बित सहसचिव चुडामणि शर्मालाई कारागारमा थुना राख्नुको कारण पेस गर्न आदेश दिएको छ ।

न्यायाधीश विनोद शर्माको इजलासले उनलाई थुनामा राख्नुको कारण पेस गर्न विशेष अदालत, कारागार प्रशासन, अख्तियार दुरुपयोग अनुसन्धान आयोग र आफ्नै रिट तथा मुद्दा महाशाखाका नाममा आदेश दिएको हो । उनले यी चार निकायहरूका कारण आफू गैरकानुनी थुनामा परेको भन्दै सर्वोच्च अदालतमा निवेदन पेश गरेका थिए । शर्माले आफू गैरकानुनी थुनामा बस्नुपरेको भन्दै शुक्रबार बन्दीप्रत्यक्षीकरणको निवेदन लिएर सर्वोच्च अदालतमा पुगेका थिए ।

शर्मालाई विशेष अदालतले गत वर्ष ९ वर्ष कैद सजाय सुनाएको थियो । विशेष अदालतले उनलाई बिगो र जरिवाना गरी ६ अर्ब १५ करोड ७० लाख रुपैयाँ तिराउन आदेश गरेको छ । बिगो र जरिवाना बापतको रकम धरौटी राख्न नसकेपछि उनी थुनामा पुगेका हुन् ।