मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

काठमाडौंमा उत्साहपूर्वक मनाइयो विश्व आदिवासी दिवस (फोटोफिचर)

काठमाडौंमा उत्साहपूर्वक मनाइयो विश्व आदिवासी दिवस (फोटोफिचर)

न्यूजस्टोरी

काठमाडौं । ३०औं अन्तर्राष्ट्रिय आदिवासी दिवसको अवसरमा काठमाडौंमा विभिन्न आदिवासी जनजातिहरुले र्‍याली निकालेका छन् । आदिवासी तथा जनजातिका विभिन्न संस्थाहरूले आफ्नो परम्परा र संस्कृति झल्कने पहिरन लगाएर बाजागाजा र नाचगानसहित र्‍याली निकालेका हुन् ।

र्‍यालीमा राष्ट्रिय आदिवासी जनजाति महासंघ, आदिवासी जनजाति महिला महासंघ, किरात राई यायोक्खा, तमुवान, भोटे जनजाति सेवा संघलगायतका संघ÷संस्थाहरुको सहभागिता रहेको थियो ।

संयुक्त राष्ट्रसङ्घले मानवीय सम्मान र स्वतन्त्रताको आकाश फराकिलो पार्ने क्रममा सन् १९९३ लाई विश्व आदिवासी वर्ष घोषणा गरेको थियो । सन् १९९४ देखि अगस्त ९ लाई विश्व आदिवासी दिवस घोषणासहित मनाउन सुरु गरिएको हो । त्यसयता अगस्त ९ लाई विश्व आदिवासी उत्सवमय बनाउन थालिएको छ । नेपाल पनि १४ डिसेम्बर १९५५ मै राष्ट्रसङ्घको सदस्य बनिसकेको हुँदा यो दिवस मनाउने गरिएको छ ।

राष्ट्रसङ्घले सन् २०२४ मा मनाइने ३०औं विश्व आदिवासी दिवसका निम्ति ‘स्वेच्छिक रूपमा अलग बसिरहेका र भर्खरै सम्पर्कमा आएका आदिवासीहरूको अधिकार संरक्षण’ नारा तय गरेको छ ।