मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

सुन्दरीजल घुम्न गएका एक युवक मृत फेला

सुन्दरीजल घुम्न गएका एक युवक मृत फेला

न्यूजस्टोरी

काठमाडौँ । काठमाडौँको गोकर्णेश्वर नगरपालिका–१ स्थित सुन्दरीजल घट्टेखोला नजिकै एक युवकको शव फेला परेको छ ।

काठमाडौँ महानगरपालिका–३२ काँडाघारी पेप्सीकोला बस्ने २८ वर्षीय विवेक पौडेल शुक्रबार मृत अवस्थामा फेला परेका हुन् ।सुन्दरीजल घुम्न गएको अवस्थामा बिहीबार साँझ घट्टेखोलामा खसेर बेपत्ता भएको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी वृत्त बौद्व समेतबाट खटिएको संयुक्त टोलीले खोजी गर्ने क्रममा शव फेला परेको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।