मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बङ्गलादेशको अन्तरिम सरकार प्रमुख युनुसको शपथ, मन्त्रिपरिषदमा दुई जना विद्यार्थी नेता पनि

बङ्गलादेशको अन्तरिम सरकार प्रमुख युनुसको शपथ, मन्त्रिपरिषदमा दुई जना विद्यार्थी नेता पनि

न्यूजस्टोरी

बङ्गलादेशमा गठन भएको अन्तरिम सरकारको प्रमुखका रुपमा नोबेल पुरस्कार विजेता प्रोफेसर मोहम्मद युनुसले शपथ लिनुभएको छ ।

उहाँले अन्तरिम सरकारको प्रमुख सल्लाहकारको रुपमा गएराति राष्ट्रपति कार्यालय बंगभवनमा आयोजित विशेष समारोहबीच राष्ट्रपति मोहम्मद शहबुद्दीनसमक्ष पद तथा गोपनीयताको शपथ ग्रहण गर्नुभएको हो ।

अन्तरिम सरकारको प्रमुखमा नियुक्त हुदाँ उहाँ फ्रान्सको राजधानी पेरिसमा हुनुहुन्थ्यो । हिजै मात्र ढाका फर्किएर उहाँले सपथ ग्रहण गर्नुभएको हो । युनुस नेतृत्वको १७ सदस्यीय अन्तरिम सरकारमा आरक्षणविरोधी आन्दोलनको नेतृत्व गर्ने दुई जना विद्यार्थी नेता नासिद इस्लाम र आसिफ महमुद पनि हुनुहुन्छ ।

शेख हसिनाले प्रधानमन्त्रीबाट राजीनामा दिएर देश छाडेपछि बङ्गलादेशको राजनीतिक संक्रमणकाललाई पार लगाउने जिम्मेवारी ८४ वर्षीय युनुसले पाउनुभएको हो ।

हसिनाको शासनकालमा भ्रष्टाचार र कानुन उल्लङ्घन गरेको भन्दै दर्जनौँ मुद्दा खेपेका युनुस बङ्गलादेशका गरिब नागरिक र अन्तर्राष्ट्रिय समुदायमा भने विभिन्न सामाजिक अभियानहरुका कारण चर्चित र सम्मानित हुनुहुन्छ ।