मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

प्रदेश योजना आयोगका पदाधिकारीले लिए शपथ

प्रदेश योजना आयोगका पदाधिकारीले लिए शपथ

न्यूजस्टोरी

सुर्खेत  । कर्णाली प्रदेश योजना आयोगका पदाधिकारीले पद तथा गोपनीयताको शपथ लिएका छन् । मुख्यमन्त्री यामलाल कँडेलले बिहीबार आयोगका उपाध्यक्ष सूर्यनाथ योगी, सदस्यद्वय अशोकनाथ योगी र डम्बरबहादुर रावललाई शपथ गराएका हुन् ।

प्रदेश सरकारको बुधबार बसेको बैठकले पदाधिकारी नियुक्त गरेको हो । कर्णाली प्रदेश योजना आयोग (गठन तथा कार्य सञ्चालन आदेश) २०७५ बमोजिम आयोगमा मुख्यमन्त्री अध्यक्ष, प्रदेश सरकारबाट नियुक्त एक जना विज्ञ उपाध्यक्ष, प्रदेश सरकारबाट नियुक्त बढीमा दुई जना विज्ञ सदस्य, प्रमुख सचिव सदस्य र आर्थिक मामिला तथा योजना मन्त्रालयका सचिव सदस्य-सचिव रहने प्रावधान छ ।