काठमाडौं, २४ साउन । गएराति सिन्धुपाल्चोकमा ठूलो पानी परेको छ । पछिल्लो १२ घण्टामा सिन्धुपाल्चोकको बाँसखर्कमा ७५ दशमलव ८ मिलिमिटर, ढुङ्गेमा ७१, मिलिमिटर, बोल्डेमा ६७ मिलिमिटर र तार्केघ्याङमा ६६ मिलिमिटर पानी परेको छ ।
सिन्धुपाल्चोकको ढुङ्गे, बोल्डे, मेलम्चीघ्याङ, तार्केघ्याङ र आसपासमा ठूलो पानी परेकाले मेलम्ची, ईन्द्रावती र यसका सहायक खोलाहरूमा आकस्मिक बाढीको र कमजोर तथा भिरालो जमिनमा पहिरोको जोखिम हुन सक्ने रहेकाले उच्च सतर्कता अपनाउन बाढी पूर्वानुमान महाशाखाले आग्रह गरेको छ । गएराति देशका अरु धेरै ठाउँमा पनि पानी परेको छ ।
आज कोशी, गण्डकी र सुदूरपश्चिम प्रदेशमा ठूलो पानी पर्न सक्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।


प्रतिक्रिया