काठमाडौं । काभा वुमन्स भलिबल नेसन्स लिगको उपाधि भारतले जितेको छ।
बुधबार अपराह्न त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) परिसरमा रहेको कभर्ड हलमा भएको उपाधि भिडन्तमा नेपाल भारतसँग ३–२ सेटले पराजित भएको हो।
पहिलो सेटमा नेपालले २५–२३ को जित निकालेको थियो। दोस्रो सेटमा भारतसँग २५–१४ ले स्तब्ध बन्यो। तेस्रो सेटमा फेरि २५–२२ को जित निकालेको नेपाल चौथो सेटमा २५–२१ ले पराजित भएको भयो। अन्तिमको निर्णायक सेटको खेलमा नेपाल १५–५ ले भारतसँग स्तब्ध भयो। भारतले यसअघि २०१९ को दक्षिण एसियाली खेलकुद र २०२३ को काभा वुमन्स च्यालेन्ज कपको उपाधि हात पार्दा नेपाललाई नै जितेको थियो।
इरानले लिगको तेस्रो स्थान पक्का गर्यो। तेस्रो स्थानका लागि बुधबार नै भएको खेलमा इरानले श्रीलंकालाई पराजित गरेको हो। प्रतियोगितामा नेपाल, इरान, भारत, श्रीलंका र माल्दिभ्स सहभागी थिए।


प्रतिक्रिया