मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

अन्नपूर्ण एयरलाइन्सको हेलिकप्टर बाँकेमा आकस्मिक अवतरण

अन्नपूर्ण एयरलाइन्सको हेलिकप्टर बाँकेमा आकस्मिक अवतरण

न्यूजस्टोरी

बाँके ।  काठमाडौँबाट बैतडीका लागि उडेको अन्नपूर्ण एयरलाइन्सको हेलिकप्टर बाँकेमा आपत्कालीन अवतरण गरिएको छ। आज दिउँसो साढे ४ बजे बैतडीका लागि उडेको उक्त हेलिकप्टरलाई मौसम खराबीका कारण राप्ती सोनारी गाउँपालिका वडा १ को बगरमा आकस्मिक अवतरण गरिएको जिल्ला प्रहरी कार्यालय बाँकेका डीएसपी नारायण डाँगीले  बताए ।

काठमाडौँबाट नेपालगन्ज लागि उडेको उक्त हेलिकप्टर नेपालगन्जपछि बैतडी जाने योजना रहेको समेत उनले खुलाए ।