मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

एअर डाइनेस्टीको हेलिकोप्टर दुर्घटना :  पाँचै जनाको मृत्यु

एअर डाइनेस्टीको हेलिकोप्टर दुर्घटना :  पाँचै जनाको मृत्यु

न्यूजस्टोरी

काठमाडौं । एअर डाइनेस्टीको हेलिकोप्टर दुर्घटनामा चालक सहित पाँच जनाको मृत्यु भएको छ।

काठमाडौंबाट रसुवाको स्याफ्रुबेंंसीका लागि उडेको ‘९एन–एजेडी’ हेलिकोप्टर बुधबार दिउँसो नुवाकोटको शिवपुरी–७ स्थित सुइरेचौरमा दुर्घटना भएको थियो। दुर्घटनामा पाँच जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, नुवाकोटका प्रहरी उपरीक्षक (एसपी) शान्तिराज कोइरालाले बताए।

दुर्घटनास्थल पुगेको प्रहरी टोलीले पाँच जनाको शव भेटिएको जानकारी गराएको छ। हेलिकोप्टरमा चालक अरुण मल्ल सहित पाँच जना सवार थिए। चिनियाँ नागरिक जुदाड टाङ, जी लि, यियाद वु र जेमिङ सी काठमाडौंबाट स्याफ्रुबेंसी गएका थिए। उनीहरूलाई स्याफ्रुबेंसी पुर्‍याएर त्यहाँबाट विदेशी नागरिकलाई काठमाडौं ल्याउने तालिका थियो।