मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

सीआईबी प्रमुख एआइजी श्यामलाल ज्ञवालीको सरुवा :दुई जना सचिवमा र रामदत्त जोशी एआइजीमा बढुवा

सीआईबी प्रमुख एआइजी श्यामलाल ज्ञवालीको सरुवा :दुई जना सचिवमा र रामदत्त जोशी एआइजीमा बढुवा

न्यूजस्टोरी

काठमाडौं, २३ साउन । सरकारले केन्द्रीय अनुसन्धान ब्युरो (सीआइबी)को प्रमुखबाट एआइजी श्यामलाल ज्ञवालीलाई हटाएको छ । हिजो बसेको मन्त्रिपरिषद् बैठकले उहाँलाई प्रदेश समन्वय विभागमा पठाएको छ । उहाँ चार महिनाअघि मात्र सीआइबीमा सरुवा हुनुभएको थियो । सहकारी ठगी र सुन तस्करलाई सघाउने तथा अनुसन्धान बाहिरै राखेको विषयमा ज्ञवालीलाई प्रहरीले छानबिन गरिरहेको छ ।

यस्तै काठमाण्डौ उपत्यका प्रहरी कार्यालय रानीपोखरीका एआइजी दीपक थापालाई केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) मा सरुवा गरिएको छ । यसैगरी नेपाल प्रहरी प्रधान कार्यालयबाट किरण बज्राचार्यलाई काठमाण्डौ उपत्यका प्रहरी कार्यालय रानीपोखरीमा पदस्थापना गरिएको र हिजो एआइजीमा बढुवा भएका रामदत्त जोशीलाई नेपाल प्रहरी प्रधान कार्यालय प्रदेश समन्वय विभाग नक्सालबाट प्रहरी प्रधान कार्यालयमा सरुवा गरिएको छ ।

यस्तै सरकारले दुई सहसचिवलाई सचिवमा बढुवा गरेको छ । मन्त्रिपरिषद्को बैठकले अरुणचन्द्र श्रेष्ठ र परासर ढुङ्गानालाई सचिव पदमा बढुवा गरेको हो ।

रकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले बैठकपछि नेपाल न्याय सेवा कानुन समूहका राजपत्राङ्कित प्रथम श्रेणीका ९सहसचिव० अरुणचन्द्र श्रेष्ठलाई राजपत्राङ्कित विशिष्ट श्रेणीमा सचिव पदमा बढुवा गर्ने निर्णय गरेको र उहाँलाई सत्यनिरुपण तथा मेलमिलाप आयोगमा पदस्थापना गरिएको जानकारी दिनुभयो ।

यस्तै सचिव पदमा बढुवा भएका अर्का सहसचिव परासर ढुङ्गानालाई नेपाल कानुन आयोगमा पदस्थापना गरिएको उहाँले जानकारी दिनुभयो ।